डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि जोगियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित डा. ढाकाकुमार श्रेष्ठको पद तत्कालका लागि जोगिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएसँगै डा. श्रेष्ठको पद तत्कालका लागि जोगिएको हा । उनले आफूलाई सांसद र पार्टीको केन्द्रीय सदस्यबाट नहटाउन माग गर्दै रिट दिएका थिए । उक्त रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले डा. श्रेष्ठको पक्षमा आदेश दिएको छ ।

सर्वोच्चले डा. ढाकालाई प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यबाट हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश र  कारण देखाउ आदेश जारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि उनको पद गएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । डा. श्रेष्ठलाई सांसदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय सभामुखले देवराज घिमिरेले समेत सदर गरेका थिए । त्योविरुद्ध डा. श्रेष्ठ हिजोमात्र रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आज सर्वोच्च उनको पक्षमा आदेश आएको छ । यो अन्तिम निर्णयले निरन्तरता पाउने/नपाउने विषयमा दुबै पक्षको छलफलपछि टुंगो लाग्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. ढाकाकुमार श्रेष्ठ, #दुर्गा प्रसाई, #राष्ट्रिय स्वतन्त्र पार्टी, #सर्वोच्च अदालत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com