सिभिल छेउमा आकाशेपुल बन्ने भएपछि दिपेन्द्रले भने, ‘अब कसैको ज्यान नजाओस्’


काठमाडौं । सिभिल अस्पताल नजिकै आकाशेपुल बनाउन अर्थ मन्त्रालयले स्वीकृति दिइएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको २ महिनादेखिको निरन्तर प्रयासले उक्त ठाउँमा आकाशेपुल बन्ने भएको हो ।

अर्थ मन्त्रालयले आईतबार बेलुका सिभिल अस्पताल नजिकै प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुल बनाउन सडक डिभिजन, काठमाडौंलाई अनुमति दिएको छ । अर्थले भौतिक पूर्वाधार मन्त्रालय हुँदै आएको आलोकनगरमा अकाशेपुल निर्माण कार्यक्रम शंशोधन स्वीकृत गरेसँगै उक्त ठाउँका आकाशेपुल बन्ने निश्चित भएको हो । विवादका कारण कोटेश्वरमा बन्न नसकेको आकाशेपुल सिभिल अस्पताल नजिकै प्रयागमार्ग र आलोकनगर जोड्ने गरी बनाउन अर्थले सडकलाई स्वीकृति दिएपछि उक्त ठाउँमा आकाशेपुल बनाउने बाटो खुलेको हो ।

उक्त ठाउँमा बाटो काट्ने मान्छेको ज्यान जोगाउन दुई महिनादेखि सिंहदरबार धाइरहेका प्रदेश सांसद दिपेन्द्रले अर्थबाट काम फत्ते भएको जानकारी पाएसँगै स्वास्थ्य लाइभसँग लामो श्वास फेर्दै भने, ‘अब प्रयागमार्ग-आलोकनगरमा कसैको ज्यान नजाओस् ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ प्रयागमार्ग- आलोकनगर जोड्ने ‘हाइवे’मा जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा ४०/५० जनाले ज्यान गुमाइसकेका छन् । त्यसैले थप मानिसको ज्यान नजाओस् भन्ने उनको कामना छ ।

उक्त ठाउँमा आकाशेपुल हालेर थप मान्छेको ज्यान जानबाट जोगाउन दिपेन्द्र बिगत दुई महिनादेखि नियमित सिंहदरबार धाइरहेका थिए । मान्छेको ज्यान जोगाउने उनको यो प्रयासलाई स्वास्थ्य लाइभले पनि साथ दिँदै आएको छ ।आकाशेपुल नहुँदा हजारौंको ज्यान जोखिममा थियो । उक्त ठाउँमा आकाशेपुल बनेपछि दिपेन्द्रले भनेजस्तै कसैको ज्यान जाँदैन ।

बागमती प्रदेशसभाबाट सिभिल अस्पताल नजिकै रहेको प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुल बनाउन प्रदेश सांसदद्वय दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरूङले बागमती प्रदेश सरकारबाट दुईपटक बजेट हाल्न लगाएका थिए । तर, संघीय सडक विभागले उक्त सडक संघको क्षेत्राधिकारभित्र रहेको भन्दै आकाशेपुल बनाउन अनुमति दिएन । सडक विभागको अवरोधपछि तत्कालीन बागमती प्रदेशसभा सदस्यद्वय दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरुङको संयुक्त पहलमा आकाशेपुल बनाउन हालेको बजेट त्यसै खेर गयो । प्रदेशबाट पार नलापछि संघतिरै फर्किएका दिपेन्द्रले काम आकाशेपुल बनाउने कार्यक्रम फत्ते गराएरै छाडेका छन् ।

आलोकनगर-शान्तिनगर- प्रयागमार्गका स्थानीयलाई साथमा लिएर २ महिनादेखि सडक विभाग, सडक डिभिजन, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका धाइरहेका दिपेन्द्रलाई आईतबार बल्ल राम्रो निद्रा परेको छ । दुई महिनामा भौतिक मन्त्रालय र अर्थ मन्त्रालयका गौडा-गौडा चाहारेका उनलाई सिभिल नजिकै आकाशेपुल बन्ने भएपछि मस्त निन्द्रा परेको हुनुपर्छ । किनकी दिपेन्द्रलाई सुत्दा र उठ्दा पनि त्यो आकाशेपुलले सताउथ्यो ।

निरन्तर धाएपछि पुतलीसडकको राणाकालीन ढल विस्थापन गर्न सफल भएजस्तै दिपेन्द्र प्रयागमार्ग-आलोकनगर जोड्ने आकाशेपुलको कार्यक्रम पार्न पनि सफल भएका छन् । उक्त ठाउँमा बाटो काट्दा थप मानिसले ज्यान नगुमाउन भन्ने उद्देश्यले उनी आकाशेपुल हाल्न कस्सिएका हुन् । स्थानीयको साथ र दिपेन्द्रको खटाईले आकाशेपुल बनाउन प्रक्रिया अघि बढाउने कामले सार्थकता पाएको हो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #मिनभवन आकाशे पुल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com