कोभिडमा सरकारी जग्गा खाने जब्बर इन्द्र चाम्लिङ, भग्नावशेष संरचनाबाट पनि भाडा खाए


काठमाडौं । कोभिडको मौका छोपेर सरकारी जग्गा हडप्ने भूमाफिया इन्द्रकुमार चाम्लिङ झन् जब्बर देखिएका छन् । उनले काठमाडौं महानगरपालिकाले भत्काएर छाडेको भग्नावशेष संरचना पनि भाडा लगाएर असुली धन्दा चलाएका छन् ।

काठमाडौं महानगरपालिकाले सरकारी जग्गामा बनेको अनधिकृत संरचना डोजर लगाएको ६ महिना पनि भएको छैन । त्यो ठाउँलाई पुरै खाली गराएर संरक्षण गर्ने महानगरको योजना छ । तर उक्त ठाउँमा रहेको भग्नावशेष अवस्थामा रहेको संरचना भूमाफिया चाम्लिङले भाडामा लगाएर राज्य ठग्ने काम मात्र गरेका छैनन् त्यहाँ बस्ने मान्छेको ज्यान समेत जोखिममा पारेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भूमाफिया चाम्लिङले हडपेको संरचना पूर्ण रुपमा खाली गराउन लागि परेको छन् । तर, भूमाफिया चाम्लिङ भने नगर प्रहरीले भत्काएर छाडेको भग्नावशेष संरचनाबाट पनि भाडा खान तल्लीन रहेको पाइन्छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका एसपी दिनेश अर्यालले चाम्लिङले भग्नावशेष संरचनामा भाडामा राखेको मान्छेलाई हटाइसकेको जानकारी दिएका छन् । शुक्रबार नगर प्रहरीको टोलीले त्यहाँ भाडामा बस्ने मान्छे हटाएको हो ।

चाम्लिङ बस्दै आएको हरियो घरको आधा भाग अझै सरकारी जग्गामा पर्छ । उनले भाडामा लगाएको डिजे मार्ट र आग्लो रेष्टुरेन्ट भएको सपिङ कम्प्लेक्सले भर्‍याङसहितका संरचना सरकारी जग्गामै पर्छ । त्यो भवनसँगै रहेको ४ तले सरकारी जग्गामा बनेको घरमा उनले फेरि भाडामा मान्छे राखेका हुन् ।

सरकारी जग्गामा संरचना बनाएर भाडा उठाएर राज्यलाई ठग्ने भूमाफिया चाम्लिङलाई ठगी मुद्दा नचलाउँदा उनी पुरानै धन्दामा सक्रिय भएका छन् । चाम्लिङ अहिले पनि जब्बर शैली देखाउँदै भग्नावशेष संरचना समेत भाडामा लगाएर राज्य ठग्न उद्दत देखिन्छन् । काठमाडौं महानगरपालिकाले भाडामा लगाएका भत्काउन बाँकी संरचना भत्काएर चाम्लिङमाथि ठगी मुद्दा चलाउन नेपाल प्रहरीलाई लेखी पठाउनु पर्ने देखिन्छ ।

सरकारी जग्गामा संरचना बनाइ मासिक लाखौं भाडा खाने भूमाफिया चाम्लिङलाई फौजदारी कसुरमा सजाय नहुँदा अझै दादागिरी देखाइ रहेका छन् ।

उनले ढुंगेधारा समेत घर/कम्पाउण्डभित्र हालेर सार्वजनिक र समाजिक अपराध गरेका छन् । यो विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । चाम्लिङलाई नजिकबाट चिन्नेहरू एकपटक नथुनी उनले यस्ता गतिविधिहरु नरोक्ने र राज्यलाई नटेर्ने सुनाउँछन् । चाम्लिङले राज्यलाई पुरै हेपेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नगर प्रहरी एसपी दिनेश अर्याल, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com