चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जनी झासहित ३ जनाको नाम सिफारिस


काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि प्रा. डा. अन्जनीकुमार झासहित तीन जनाको नाम सिफारिस भएको छ  । सिफारिस हुनेमा प्रा. डा. झासहित वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र डा. प्रविण मिश्र रहेका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीनजनामध्ये एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने सम्भावना छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाको निवेदन परेको थियो । निवेदन परेकाहरुमध्येबाट तीन जनाको नाम सिफारिस भएको हो ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष डा. झा नेपाली कांग्रेस निकट मानिन्छन् । र्वतमान उपाध्यक्ष डा. गिरी सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र निकट मानिन्छन् भने पूर्वस्वास्थ्य सचिव समेत रहेका डा. मिश्र जसपाको आडमा आयोगको उपाध्यक्ष पड्काउने दाउमा छन् । यहीं भदौ २५ गतेदेखि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको ४ वर्षे कार्यकाल सकिने भएपछि नयाँ उपाध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सा शिक्षा आयोग, #पूर्वस्वास्थ्य सचिव प्रविण मिश्र, #प्रा.डा. अन्जनीकुमार झा, #प्रा.डा. श्रीकृष्ण गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com