मन्त्री र निर्देशकको कुरा नमिल्दा भूतले खाजा खाने समयमा हटे सर्वेश, मन्त्रीको स्वार्थ पुरा गर्लान् थापाले


काठमाडौं ।  ०७६ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ओम्नीलाई ठेक्का दिने निर्णयमा हस्ताक्षर नगरेको भन्दै तत्कालीन स्वास्थ्य मन्त्रालयका उपसचिव केशवप्रसाद प्रसाईँको सरुवा गरे । व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठको सरुवा भयो । 

चार वर्ष पछि उस्तै केस दोहोरिएको छ । तर, पात्र भने फरक छन् । त्यस बेलाका स्वास्थ्य मन्त्री ढकाल थिए भने अहिलेका मन्त्री मोहन बहादुर बस्नेत छन् । हिजो एमालेका मन्त्री थिए तर, अहिले कांग्रेसका मन्त्री छन् । 

स्वास्थ्य मन्त्री मोहन बस्नेतको कमिसन चक्करमा साथ नदिदा व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले विभागबाट हात धुनु परेको छ । उनीहरूको कुरा नमिल्दा शर्मा भूतले खाजा खाने समयमा हटेका छन् । उनलाई वीर अस्पताल सरुवा गरेर मन्त्रीले सोही अस्पतालका श्रवणकुमार थापालाई निर्देशकको जिम्मेवारी दिएका छन् । अब थापाले चै मन्त्रीलाई कति कमिसन दिलाउन सक्ने हुन् हेर्न बाँकी छ । 

ओम्नीलाई स्वास्थ्य मन्त्रीको चाहना अनुसार विभागबाट एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदको ठेक्का दिएको थियो । अहिलेका बस्नेतले पनि विश्व बैङ्कनियमित तर्फ गरी १ अरब २५ करोडको टेन्डर गरेका छन् । बस्नेतको चाहना पनि छोटो समयमा चरम कमिसनले पटुका कसिलो बनाएर निस्कने भन्ने बुझिएको छ । 

२२ पुसमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा सर्वेश शर्मालाई स्वास्थ्य मन्त्रालयमा बोलाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले माघमा सामान जसरी पनि ल्याउनु पर्ने आदेश दिए । उनले आदेश दिनु पनि स्वभाविक थियो । मन्त्री बस्नेत राष्ट्रिय सभाको निर्वाचन पछि हट्ने सुचीमा छन् । यदि माघमा सामान ल्याएको अवस्थामा मात्रै उनले कमिसन पाउने छन् । कमिसन चिप्लिने डरले गर्दा मन्त्रीले महाशाखाका कर्मचारीलाई माघ भित्र जसरी पनि टेन्डरका सामान ल्याउन दवाव दिएका हुन् । 

स्रोतका अनुसार डा शर्माले माघमा टेन्डर गरेका र प्रक्रियामा रहेका सामान नियम अनुसार नै आउँन नसक्ने बताएका थिए । उनको जवाफले गर्दा मन्त्रीले तत्काल शर्मालाई हटाएका हुन् । 

ओम्नी समूहलाई ठेक्का दिने मन्त्रालयको निर्णयमा असहमति राखेपछि स्वास्थ्य मन्त्रालयका तत्कालीन उपसचिव केशवप्रसाद प्रसाईँको रातारात सरुवा भएको हो । उनलाई स्वास्थ्य मन्त्रालयबाट कारागार व्यवस्था विभागमा सरुवा गरिएको थियो । सोही घटना आइतबार दोहोरिएको छ । शर्मालाई पनि माघमा ल्याएर कमिसन खुवाउन नसक्ने भएपछि रातारात सरुवा गरिएको छ । उनलाई व्यवस्थापन महाशाखाबाट वीर अस्पताल पठाइएको छ । स्रोतका अनुसार मन्त्रालयको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा फरक मत राखेकै आधारमा उनलाई सरुवा गरिएको हो ।

अहिले आधारभूत अस्पतालका लागि र नियमित गरी १ अरब २५ करोडको टेन्डर भएको छ । तर, भुक्तानी भएको छैन । अधिकारीहरूका अनुसार भदौ अन्तिममा मात्रै विश्व बैक बाट रकम आएको हो । विश्व बैंकबाट रकम आएपछि मात्रै आवश्यक प्रक्रिया सुरु गरेको हो । मंसिर सम्म आवश्यक प्रक्रिया पुरा गर्नमै लागेको थियो । पहिलो लटमा ८० करोडको सामग्री आउँदैछ । पहिलो लट फागुनमा आउँछ  । त्यस्तै दोस्रोमा बैशाखमा आउँने छ । मन्त्रीको कमिसन लिने सपनालाई हाल जिम्मेवारी दिएका डा. श्रवणकुमार थापाले पुरा गर्छन वा गर्दैनन् त्यो भने हेर्न बाँकी छ । 

क्याटेगोरी : समाचार
ट्याग : #भानुभक्त ढकाल, #मोहन बस्नेत, #स्वास्थ्य मन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com