स्वास्थ्यको किर्ते काण्डमा मुछिएका अधिकारी हटेर महानगरमा परियारले ‘इन्ट्री’ मार्लान् ?


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा किर्ते विवादमा मुछिएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको सरुवा हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार उनको सरुवा सूचीमा नाम चढिसकेको छ ।

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी नेतृत्वको छानबिन समितिले काम नसक्दै बिदामा रहेका अधिकारीको सरुवा हुने सम्भावना बढेको हो । उनको ठाउँमा प्रदिप परियार, रमेश अर्याल, महेश बराललगायतका सहसचिवको नाम चर्चामा छ । राष्ट्रिय योजना आयोगका रहेका युवा सहसचिव परियारले काठमाडौं महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा ‘इन्ट्री’ मार्ने सम्भावना बढेको स्रोतको दाबी छ । यद्यपि काठमाडौं महानगरपालिकामा जानेमा उनको नाम टुंगिसकेको भने छैन ।

सहरी विकास मन्त्रालयको प्रवक्ता भएर काम गरिसकेका परियार ३२ वर्षमै सहसचिव भएका हुन् । उनलाई काठमाडौं महानगरपालिकाको सम्भावित प्रमुख प्रशासकीय अधिकृतको रूपमा हेरिएको छ । अहिले विवादमा परेका अधिकारी भने हट्ने निश्चित जस्तै देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #प्रदिप परियार सहसचिव, #सहसचिव बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com