निर्वाचनका सचिव गौतम घर गए, अब स्वास्थ्य सचिव गुरागाईंको पालो


काठमाडौं । निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम ५ वर्षे कार्यकाल पूरा गरेर घर गएका छन् । २०७५ फागुन ६ गते नेपाल सरकारको सचिवमा बढुवा भएका गौतम शुक्रबार नै बिदाई भइसकेका छन् । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं यही फागुन २६ गते सचिवको ५ वर्षे कार्यअवधि पूरा घरेर घर जाने तरखरमा छिन् ।

शंकरदास बैरागीले मुख्यसचिव पूरा अवधि खाएको भए सचिव सूर्यप्रसाद गौतम मुख्यसचिवको प्रमुख दाबेदार हुने थिए । उनी महालेखा नियन्त्रक, भूमि व्यवस्थापन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन र युवा तथा खेलकुद मन्त्रालयको सचिव बनेर अनुभव बटुलिसकेका थिए । तर, बैरागीले  बिचैमा राजीनामा दिएर राष्ट्रिय सुरक्षा परिषद्तिर लागेपछि डा. बैकुण्ठप्रसाद अर्याल मुख्य सचिव बने । मुखैमा आएको मुख्य सचिव गुमाएर गौतम घर जान बाध्य भए ।

निर्वाचन आयोगको सचिवमा मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे र बागमती प्रदेशका प्रमुख सचिव धनश्याम उपाध्यायमध्ये एकजना आउने सम्भावना रहेको छ ।

गौतमपछि स्वास्थ्य मन्त्रालयकी सचिव गुरागाईं मुख्यसचिवको लाइनमा थिइन् । पहिलो महिला मुख्यसचिव बन्ने सपना बोकेर हिँडेकी गुरागाईं २०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी हुन् । डा. अर्याल मुख्यसचिव बनेपछि उनको सपना सपनामै सीमित भएको छ । उनी यही फागुन २६ गते घर जाँदै छिन् ।

मुख्यसचिवको दौडबाट बाहिरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी पनि यही चैत र बैशाखमा घर जाँदैछन् । । भण्डारी २०७५ चैत ११ गते र अधिकारी २०७६ बैशाख १७ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् । उनीहरु यही आर्थिक वर्षभित्र अवकाशमा जान लागेका प्रशासन तर्फका सचिव हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #नेपाल सरकार सचिव, #श्रम सचिव केवलप्रसाद भण्डारी, #सूर्यप्रसाद गौतम, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com