अवकाशको मुखमा रहेका सहसचिव भण्डारी स्वास्थ्यमा पठाइए


काठमाडौं । अवकाशको मुखमा रहेका सहसचिव जयबहादुर  भण्डारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएका छन् । यहीँ जेठ १५ गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका भण्डारीलाई स्वास्थ्य मन्त्रालय पठाइएको हो । उनी सहसचिव भएपछि पहिलोपटक स्वास्थ्य मन्त्रालय पुगेका हुन् ।

तत्कालीन भन्सार विभागका महानिर्देशक कृष्णहरि बाँस्कोटा कुटेर चर्चामा आएका भण्डारीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग मिल्दोजुल्दो स्वभाव रहेका उनी स्वास्थ्यमै आउनुलाई संयोग मात्र मान्न सकिन्न । तातोपानी भन्सारमा बस्दा भण्डारीको बस्नेतसँग राम्रो सम्बन्ध स्थापित भएको बताइन्छ ।

५८ वर्षे उमेर हद कै कारण छिट्टै घर जान लागेका तुलसी नाथ गौतमको भने लोकसेवा आयोगमा सरुवा भएको छ । उनी यातायात व्यवस्था विभागबाट स्वास्थ्यमा आएका हुन् । अहिले गौतमलाई प्रतिस्थापन गरेर भण्डारी स्वास्थ्यमा आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ