बर्खास्तमा पर्न लागेका स्वास्थ्यमन्त्री बस्नेतसहितलाई देउवाले बुढानिलकण्ठ डाके


काठमाडौं । बर्खास्तमा पर्न लागेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितका कांग्रेसका मन्त्रीहरुलाई सभापति देउवाले बुढानिलकण्ठ डाकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चरणबद्ध रुपमा छलफल गरेका देउवाले बस्नेतसहित उपलब्ध मन्त्रीहरुलाई देउवा निवास बुढानिलकण्ठ डाकिएको हो ।

मन्त्रिपरिषद्को पुनर्गठन र गठबन्धनको भविष्यबारे समेत समिक्षा गर्ने गरी मन्त्रीहरूसँग देउवाले छलफल गरिरहेको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा सम्बोधन गर्नु अगाडि नै स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउन चाहेका छन् । प्रकाशशरण महतलाई हटाएर वर्षमान पुनलाई अर्थमन्त्री बनाउन खोजेका छन् । यो विषय प्रचण्ड-देउवाबीच भएको भेटवार्तामा पनि उठेको स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यमन्त्री बस्नेत र अर्थमन्त्री महतप्रति बढी ‘एग्रेसिभ’ देखिएका छन् । यहीँ कारण गठबन्धन नै तलमाथि हुने भएपछि देउवा लचक मात्र बनेका छैनन् थचक हुने अवस्थामा पुगेका छन् । अख्तियारले सम्भवतः भोलि नै टेरामक्स प्रविधि घोटालामा स्वास्थ्यमन्त्री बस्नेत, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दैछ । त्योभन्दा अगाडि नै प्रधानमन्त्री प्रचण्डले उनीहरुमाथि एक्सन लिने तयारी गरेका छन् । त्यहिँ बुझेर कांग्रेस सभापति देउवाले कांग्रेसका मन्त्रीहरुसँग छलफल थालेको बताइन्छ ।

कांग्रेस नेता एवं पराराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण समेत स्थगित भएको छ । अन्य मन्त्री हरूलाई पनि उपत्यका नछाड्न भनिएको सुनिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ