स्वास्थ्यमन्त्री हटाउने एजेण्डासहित सोमबार बिहान सत्ता गठबन्धनको बैठक


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद्‌मा विवादित मन्त्रीहरूको विषयमा जवाफ दिने कार्यक्रम तय भएकाले सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाएर संसद्‌को रोष्ट्रममा उभिने मनस्थितिमा छन् । विपक्षी दलहरुले विवादित मन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीसँग जवाफ खोजेपछि उनी कामबाटै जवाफ दिने तयारीमा रहेको चर्चा छ । टेरामक्स काण्डमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत, बालकुमारी घटनामा मुछिएका भौतिकमन्त्री ज्वाला र रामग्राम काण्डमा संलग्न पर्यटनमन्त्री किराँतीलाई हटाएर उनी सदनमा जवाफ दिने पक्षमा छन् । त्यसैले उनले एकाबिहानै सत्ता गठबन्धनको बैठक बोलाएको बताइन्छ ।

यता कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्री हरूलाई पछिल्लो परिस्थितिबारे अवगत गराएका छन् । आईतबार साँझ निजी निवास बुढानिलकण्ठमा बोलाएर देउवाले मन्त्रीहरूलाई जस्तो परिस्थिति आएपनि तयार रहन भनेका छन् । यसबाट पनि के प्रष्ट हुन्छ भने प्रधानमन्त्री प्रचण्ड भोलि नै विवादित मन्त्री हटाउने तयारीमा छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ