अटेरी मुख्यसचिव अन्तत: बिदामा बस्न राजी भए


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदामा बस्न दिएको निर्देशनलाई चुनौती दिने मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल अन्ततः बिदामा बस्न राजी भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनी भोलिदेखि नै बिदामा बस्न राजी भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियारले सम्भवतः सोमबार नै टेरामक्स प्रविधि खरिद घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्दैछ । त्यसैले प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई बिदामा बस्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले प्रचण्डले आईतबार मुख्यसचिव अर्याललाई बिदामा बस्न दिएको निर्देशन मुख्यसचिव अर्यालले मानेका थिएनन् । उनी आईतबार दिनभर काममै लागे । मुख्यसचिव अर्यालले ‘म भ्रष्टाचारी होइन’ भन्दै प्रधानमन्त्रीको निर्देशनलाई . मान्न तयार भएका थिएनन् । तर, साँझपख उनी बिदामा बस्न तयार भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ