पदम गिरीसहित ३ जनाले मात्रै आज मन्त्रीको सपथ लिने


काठमाडौं । पदम गिरीसहित ३ जनाले मात्रै आज मन्त्रीको सपथ लिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीको नाम लिएर राष्ट्रपति निवास शीतल निवास गएका छन् ।

नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल मन्त्री बन्ने भएका हुन् । सम्भवतः गिरीले स्वास्थ्य मन्त्रीको हैसियतमा सपथ खाने छन्

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ