विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीमाथि सुन तस्करीमा मुद्दा चलाउन सिफारिस


काठमाडौं । विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीमाथि सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले उनिमाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।

तत्कालीन ऊर्जामन्त्री एवं हालका अर्थमन्त्री वर्षमान पुनको सचिवालयमा बसेर काम गरेका भण्डारीलाई आयोगले सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको हो । उच्च अदालतमा पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उक्त सिफारिस गरिएको हो । भण्डारीले तत्कालीन मन्त्री पुनको सचिवालयमै कार्यरत रहँदा कोरोनाकालमा विध ल्याब सञ्चालनमा ल्याएका थिए । त्यसैले उनिमाथि मुद्दा चलाउन सीआईबी हच्किएको चर्चा चल्दै आएको छ ।

बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको प्रतिवेदन एक्सनमा लाने तयारी छ ।  छानबिन आयोगले उक्त प्रकरणमासीआईबीकी प्रमुख एआईजी किरण बज्रचार्यमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ ।उनले सीआईबीको नेतृत्वमा रहँदा सुन तस्करी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहर रहेको छ । गृहमन्त्री लामिछानेले उनलाई जिम्मेवारीबाट हटाएर कारबाही गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ब्रिफिङ गरेका गृहमन्त्री लामिछाने प्रतिवेदनको सिफारिसका आधारमा एक्सनमा जाने तयारीमा लागेका हुन् ।

आयोगले अध्यागमन विभागका पूर्वमहानिर्देशक सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उनमाथि पनि एक्सन लिने गृहमन्त्री लामिछानेले संकेत गरेका छन् ।

पूर्वन्यायाधीश आचार्य नेतृत्वको छानबिन आयोगले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वआईजीपी एवं नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारीक साझेदार सुबु केसीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

छानबिन आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाहीको सिफारिस गरेको छ । नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीद्धय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि आयोगले कारबाहीको सिफारिस गरेको हो । सीआईबीको नेतृत्व फेरेर एक्सन लिन गृहमन्त्री लामिछानेको तयारी रहेको बुझिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #भीमकान्त भण्डारी, #विध ल्याब, #सुन तस्करी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com