स्वास्थ्यका ३ सहित १२ सचिवको बिदाइ


काठमाडौं । सरकारले स्वास्थ्यको समेत जिम्मेवारी सम्हालेका ३ सचिवसहित १ दर्जन जनाको बिदाइ गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुको बिदाइ गरिएको हो ।

स्वास्थ्य मन्त्रालयलको सचिवको जिम्मेवारी सम्हालेका यादवप्रसाई कोइराला, रामप्रसाद थपलियासहित १ दर्जन सेवा निवृत्त सचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोसल्ला ओडाएर सम्मान तथा बिदाइ गरेका हुन् ।

लामो समय राष्ट्र सेवामा संलग्न भइ सचिव पदबाट सेवा निवृत्त भएका उनीहरूलाई सोमबार बिदाइ गरिएको हो । सूर्यप्रसाद गौतम, केवलप्रसाद भण्डारी, डा. दामोदर रेग्मी, गोपीकृष्ण खनाल, दिनेशकुमार घिमिरे, धनराज ज्ञवालीसहितका १ दर्जन सचिवलाई बिदाइ गरिएको छ । यसै आर्थिक वर्षभित्र अवकाश पाएका उनीहरुको बिदाइ गरिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #केवलप्रसाद भण्डारी, #पूर्वसचिव डा. दामोदर रेग्मी, #यादवप्रसाद कोइराला, #रामप्रसाद थपलिया, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com