सञ्चालन अनुमति नलिइएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी


काठमाडौं । सञ्चालन अनुमति (इजाजतपत्र) नलिइएका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । कानुन व्यवस्था सम्झाउँदै मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई उक्त चेतावनी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले परिपत्र गर्दै जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम  सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न निर्देशन दिएको हो ।

जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ को उपनियम (१) मा ‘कसैले पनि इजाजतपत्र नलिइ निजी, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन हुँदैन भन्ने व्यवस्था कार्यान्वयनमा मन्त्रालयले जोड दिएको छ ।

केही स्वास्थ्य सेवासँग सम्बन्धित संस्थाहरु, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायतका संस्थाहरु मापदण्ड बमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएको, शुल्क बढी लिने गरेको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएकाे हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com