जलन अस्पताल पुगे राष्ट्रपति पाैडेल स्वास्थ्य लाइभ आइतवार, २०८१ फागुन ४ गते ११:४९ मा प्रकाशित A+ A A- काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन्। मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ। उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस The Film Nepal सम्बन्धित खबर सिडिओ सरूवाको तयारीबीच झापाका सिडिओ गेलालले दिए राजीनामा, ५ महिनामा… विपद् पछि कस्तो मानसिक समस्या देखा पर्छ ? बाढी प्रभावित महिला, बालबालिका र जोखिममा रहेकाको उद्धारमा समन्वय गर्न… गृह मन्त्रालयको विपद्का हाकिम महाविपत्तिमा अमेरिकातिर बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार… कागेश्वरीकी इन्जिनियर कार्की ६४ हजार घुस रकमसहित रंगेहात पक्राउ यस्तो विपदमा स्वास्थ्यमा जनस्वास्थ्यकै नेतृत्व चाहिन्छ:पुर्व महानिर्देशक नेपाल घर गएपछि भट्ट र कुँवरमध्ये एक हुनेछन् सचिवमा बढुवा
तपाईको प्रतिक्रिया दिनुहोस