जलन अस्पताल पुगे राष्ट्रपति पाैडेल स्वास्थ्य लाइभ आइतवार, २०८१ फागुन ४ गते ११:४९ मा प्रकाशित A+ A A- काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन्। मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ। उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस The Film Nepal सम्बन्धित खबर सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आह्वान सहसचिवमाथिका कर्मचारीले ड्राइभरको पैसा लिने विवाद: पहिला पनि ड्राइभरको पैसा… सुशीला कार्कीको पालामा जिल्लाबाट पुगेका २ न्यायाधीश मात्र उच्चमा ३ महिना बढी जागिर खाइसकेका ६ देशका राजदूत सप्तकोसी नदीमा स्टिमर दुर्घटना हुँदा ३ जनाको मृत्यु भ्रष्टाचार मुद्दा लाग्दा सचिव नभइ घर गएका शिक्षातिरका इमनारायण जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक विशिष्ट श्रेणीबाट एकैपटक उच्चको न्यायाधीश भएका ३ जना सर्वोच्चमा
तपाईको प्रतिक्रिया दिनुहोस