सहसचिवको लिखितमा नाम निकालेका उपसचिवहरू


काठमाडौं। प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षामा १० उपसचिवले नाम निकालेका छन्। आन्तरिक प्रतिस्पर्धामा १० उपसचिवले सहसचिवमा नाम निकाल्न सफल भएका हुन्।

७ जना मागिएको आन्तरिक प्रतिस्पर्धामा १० जना लिखितमा उत्तीर्ण भएका हुन्। १० मध्ये ३ जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्तापछि बाहिरिने छन्। ७ भाग्यमानी को हुन् त्यो भने सिफारिस हुँदासम्म कुर्नुपर्नेछ।

सहसचिवको लिखित परीक्षामा खडानन्द अधिकारी, गोकुल बाँस्तोला, डिजन भट्टराई, तीर्थराज राई, पूर्णिमा उपाध्याय, मानबहादुर बम, रेशमलाल कँडेल, विजय राना, सुरेन्द्र थापा मगर र हिरालाल भण्डारी उत्तीर्ण भएका छन्। अधिकारी, बाँस्तोला, बम र भण्डारी लेखा समूहका उपसचिव हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #खडानन्द अधिकारी, #गोकुल बाँस्तोला, #डिजन भट्टराई, #तीर्थराज राई, #पूर्णिमा उपाध्याय, #मानबहादुर बम, #रेशमलाल कँडेल, #विजय राना, #सुरेन्द्र थापा मगर, #हिरालाल भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ