कोरोनाले चहल-पहल हराएको दसैँ


सुनसरी । कोरोना (कोभिड १९) महामारीका कारण यसपालिको दसैँमा खासै चहल-पहल देखिँदैन । टीकाको दोस्रो दिन टीका लगाउन आफन्त कहाँ जाने न्यून संख्यामा देखिन्छन् ।

सुनसरीका मुख्य चौकहरूमा सधै दसैँ मान्न जानेहरूको भीड हुने गरेको थियो तर यो पटक मुख्य चौकहरू सुनसान देखिन्छन् । कोरोनाका कारण यसपटकको दसैँमा पहिलाझैँ चहल-पहल छैन ।

सुनसरीको इनरुवा, इटहरी, झुम्कालगायतका ठाउँको अवस्था हेर्दा पनि दसैँमा पहिलाको जस्तो रौनकता देखिएन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com