अफ्रिकी नागरिककलाई नेपाल आउन प्रतिबन्ध


काठमाडौं । सरकारले अफ्रिकी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कोरोनाको ओमिक्रोन भेरियन्ट नेपालमा भित्रन नदिने उद्देश्यले यो निर्णय गरिएको स्वास्थ्य लाइभलाई बताए । अफिक्री नागरिकलाई नेपाल आउन पूर्ण रुपमा प्रतिबन्ध लगाएको बताउँदै उनले नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार हुने स्पष्ट पारे । ‘अफ्रिकी नागरिकको हकमा यो निर्णय गरिएको हो । नेपाली नागरिकको हकमा स्वास्थ्यले तोके बमोजिम हुन्छ ।’, प्रवक्ता पोखरेलले भने । अफ्रिकाबाट आउने नेपाली नागरिकलाई चाहिँ क्वारेन्टाइन राख्नुपर्दैन भन्ने स्वास्थ्य लाइभको प्रश्नमा त्यो विषयमा स्वास्थ्य मन्त्रालयसँग बुझ्न आग्रह गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com