नेपाल स्काउटको प्रमुख आयुक्तमा थापा नियुक्त
काठमाडौं। नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्। सरकारले थापालाई नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा नियुक्त गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। नेपाल स्काउटमा राजनीति हुँदा थिलोथिलो बनेको छ। कहिले जग्गा भाडा त कहिले राजनीतिक चलखेलका कारण स्काउट विवादमा पर्दै आएको छ। यस्तो अवस्थामा थापाले नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तको जिम्मेवारी पाएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल स्काउट, #सन्तोष कुमार थापा


तपाईको प्रतिक्रिया दिनुहोस