एक निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव सिडिओको दरबन्दी
काठमाडौं। प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेका १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडओ)मा सहसचिवको दरबन्दी रहेको छ। प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, जाजरकोट, जुम्ला, डोटी, डडेलधुरा र बैतडीमा सहसचिव सिडिओ दरबन्दी रहेको हो।
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, मानाङ, मुस्ताङ, म्याग्दी, रुकुमपूर्व, रूकुमपश्चिम, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ र दार्चुला गरी १६ जिल्लामा उपसचिव दरबन्दी हुँदा त्यस्तै प्रकृतिका १९ जिल्लामा सहसचिवको दरबन्दी राखिएको हो।
७७ वटा जिल्लामा १६ जिल्लामा मात्र उपसचिव सिडिओ रहेको छ। बाँकी ६१ जिल्लामा बढुवा खान सहसचिव सिडिओको दरबन्दी राखिएको हो।
सहसचिव सिडिओ भएको पाँचथरभन्दा उपसचिव सिडिओ भएको ताप्लेजुङ आकर्षक जिल्ला हो। त्यहिँ सहसचिव लाइ रोज्न लगाउने हो भने उसले पाँचथरभन्दा ताप्लेजुङ कै सिडिओ रोज्छ। कार्यबोझको त कुरै नगरौ पाँचथरमा रविमा इलाका प्रशासन कार्यालय नहुँदा पनि उपसचिव सिडिओले जिल्लालाई मज्जाले चलाएका थिए। इलाका प्रशासन कार्यालय थपेर सहसचिवको दरबन्दी राख्दा सिडिओको कार्यबोझ ह्वात्तै घटेको पाइन्छ।
सहसचिवको दरबन्दी रहेको भोजपुर, खोटाङ र ओखलढुंगाभन्दा उपचिवको दरबन्दी रहेको सोलुखुम्बु जिल्ला सिडिओको लागि आकर्षक हो। सहसचिवलाई भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु रोज्न लगाए उसले सोलुखुम्बु नै रोज्ने अवस्था देखिन्छ। एक मात्र निर्वाचन क्षेत्र भएका सहसचिव सिडिओ रहेका अधिकांश जिल्लाको हालत उस्तै छ।
बागमती प्रदेशबाहेक अन्य प्रदेशका एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा सहसचिव सिडिओ राख्नुको कुनै औचित्य देखिदैन। जुम्ला, डोटी र डडेलधुरामा सहसचिव सिडिओ पठाउन निकै मुस्किल पर्दै आएको छ। अहिले पनि ति जिल्लामा उपसचिव सिडिओ छन्। जाजरकोटमा पनि झुक्किएर सहसचिव सिडिओ जाने गरेका छन्। ३६/३७ जिल्लामा उपसचिव सिडिओ राख्दा उपयुक्त हुन्छ। त्यसले गर्दा सहायक सिडिओ गएकालेलाई सिडिओमा व्यवस्थापन गर्न सहज हुने हुँदा सहायक सिडिओ पठाउन पनि सहज हुने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस