२१ हजार घुससहित काठमाडौं महानगर-३० का लेखा अधिकृत भट्टराई पक्राउ
काठमाडौं। २१ हजार रुपैयाँ घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धब भट्टराई पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार घुस रकमसहित पक्राउ गरेको हो।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरी २१ हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं) उद्धब भट्टराईलाई नियन्त्रणमा लिइएको अख्तियार रले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्ति मार्फत जानकारी दिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #उद्धब भट्टराई लेखा अधिकृत


तपाईको प्रतिक्रिया दिनुहोस