अनुशासनहीन कर्मचारीको संख्या बढ्दो, सिडिओ कार्यालय कै कर्मचारी सतर्कता केन्द्रको छड्के कारबाहीमा


काठमाडौं। पछिल्लो समय अनुशासनहीन कर्मचारीको संख्या बढ्दै गएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको उजुरी केलाउदा कर्मचारीहरू अनुशासनहीन बन्दै गएको पाइएको हो।

काममा ढिलासुस्ती, कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय, पोशाक, समय पालनमा अनुशासनहीन बन्दै गएको केन्द्रको अनुगमनले देखाएको छ। आश्चर्चको विषय त अरूलाई अनुशासनको दायरामा ल्याउनुपर्ने जिल्ला प्रशासन कार्यालय, नवलपरासी पश्चिममा कर्मचारी पनि समय पालना नगर्ने सूचीमा परेका छन्। जिल्ला प्रशासन (सिडिओ) कार्यालय नवलपरासी पश्चिमका १४ कर्मचारीमाथि कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको हो। रामग्राम नगरपालिकाका ३९ कर्मचारी, यातायात व्यवस्था कार्यालय, (सवारी चालक अनुमतिपत्र समेत)बुटवलका २० कर्मचारी, भूमि प्रशासन कार्यालय, महेन्द्रनगरका ३ र नापी कार्यालय, टीकापुरका ३ कर्मचारी, वन निर्देशनालय धनगढीका २ कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको छड्के कारबाहीमा परेका छन्।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका ७ कर्मचारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका ५ कर्मचारी, राजविराज नगरपालिकाका १९ कर्मचारी, विष्णुपुर गाउँपालिका ११, लक्ष्मीपुर पतारीका १२, वरियारपट्टी गाउँपालिकाका ७ कर्मचारी र बलान बिहुल नगरपालिकाका ७ कर्मचारी राष्ट्रिय सतर्कता केन्द्रको छड्के कारबाहीमा परेका हुन्।

राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा सबैभन्दा बढी गोरखापत्र संस्थानका कर्मचारी कारबाहीमा परेका छन्। गोरखापत्रका २९ जना कर्मचारी समयमै उपस्थिति नभएको, ४ जना सिटमा नभेटिएको र ९० जना कर्मचारीले तोकिएको पोशाक लगाएको छड्केका क्रममा भेटेपछि कारबाही गर्न सतर्कता केन्द्रले निर्देशन दिएको हो।

काभ्रेपलाञ्चोकको भूमि प्रशासन कार्यालयका ७ कर्मचारी, नापी कार्यालय १४ कर्मचारी, कृषि विकास कार्यालयका ६ कर्मचारी, पशु सेवा कार्यालयका ६ कर्मचारी, धुलिखेल नगरपालिका वडा नम्बर ६ का २ र ८ का ३ कर्मचारी, स्वास्थ्य कार्यालय रुपन्देहीका ५ र नापीका ७ कर्मचारी, जानकी गाउँपालिकाका ६ कर्मचारी, डिभिजन वन कार्यालय, धनगढीका ४ तथा र कृषि ज्ञान केन्द्र, धनगढीका ४ कर्मचारी छड्के कारबाहीमा परेका छन्।

भन्सार विभागका ३ कर्मचारी, कम्पनी रजिष्ट्रारको कार्यालयका ४ कर्मचारी, जनस्वास्थ्य कार्यालय दोलखाका ३ कर्मचारी, सुनसरीको कोशी गाउँपालिकाका ९ कर्मचारी, भोक्राहा नरसिंह गाउँपालिकाका १३ कर्मचारी, सप्तरीको कञ्चनरुप गाउँपालिकाका ७ कर्मचारी, हनुमाननगर कंकालिनी नगरपालिकाका २१ कर्मचारी, रूपिनी गाउँपालिकाका १५ कर्मचारी र कल्याणपुर नगरपालिकाका ३ कर्मचारी सतर्कता केन्द्रको छड्के कारबाहीमा परेका हुन्।

सिन्धुपाल्चोकको चौतरा अस्पतालका ९ कर्मचारी,  सिरहाको नरहा गाउँपालिकाका १६ कर्मचारी नापी कार्यालय सिरहाका ४ कर्मचारी, भूमि प्रशासन कार्यालय कोहलपुरका ३ कर्मचारी र नापी कार्यालय कोहलपुरका ६ कर्मचारी, कोहलपुर नगरपालिका ३ कर्मचारी, बाँके हुलाक कार्यालयका ४ कर्मचारी र बर्दियाको गुलेरिया नगरपालिकाका १३ कर्मचारी सतर्कता केन्द्रको छड्के कारबाहीमा परेका छन्। कर्मचारीहरूलाई सेवा सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरी राष्ट्रिय सतर्कता केन्द्रलाई जानकारी दिन निर्देशन दिइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ