मालपोत कार्यालय सुनसरीका प्रमुखले फाइल ‘लुकाएको’ आरोप


काठमाडौं। भूमि प्रशासन (मालपोत) कार्यालय सुनसरी इनरुवाका प्रमुखले फाइल लुकाएको उजुरी परेको छ। राष्ट्रिय सतर्कता केन्द्रमा परेको एउटा उजुरीमा मालपोत कार्यालयमा सादा तारिख लिन बोलाएको तर कार्यालय प्रमुखले सो फाइल आफूसँग राखेको कार्यालयमा नरहेको उल्लेख छ। केन्द्रले फोन मार्फत यथाशीघ्र गुनासो सम्बोधन गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएको जनाएको छ।

भूमि प्रशासन कार्यालय इनरुवा सुनसरीका प्रमुख भूमि प्रशासन अधिकृत मदन घिमिरे रहेका छन्। भूमि प्रशासन (मालपोत) कार्यालय सुनसरी, इनरुवा चल्तीको मालपोत हो। उक्त कार्यालयका प्रमुखले फाइल लुकाएको आरोप लागेको सेवाग्राहीको गुनासो बढिरहेकाले सरकारले भूमि प्रशासन कार्यालय सुनसरी इनरुवामाथि निगरानी बढाउनु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #मदन घिमिरे उपसचिव, #मदन घिमिरे प्रमुख भूमि प्रशासन अधिकृत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ