चाँगुनारायणमा नगरप्रमुखका स्वकीयहरू माटो, बालुवा ठेक्का धन्दामा


काठमाडौं। भक्तपुरको चाँगुनारायणमा नगरप्रमुखका स्वकीयहरू माटो, बालुवा ठेक्का धन्दामा लागेको पाइएको छ। नगरप्रमुखका स्वकीयहरूले निर्माण व्यवसायीहरूसँग ठेक्काको मोटो रकम कमिसन मागेको, बालुवा उत्खनन गर्नेहरूलाई संरक्षण दिई अनियमितता गरेको भनेर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले त्यस्तो कार्यमा संलग्न स्वकीयहरूमाथि कारबाही गर्न निर्देशन दिएको छ। पछिल्लो समय केन्द्रको सक्रियता बढेसँगै उजुरीको संख्या समेत बढ्न थालेको छ। स्थानीय तहमा भएका अनियमितताका उजुरीको ह्वात्तै बढेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ