राष्ट्रिय किताबखानामा ३ उपमहानिर्देशक कटौती
काठमाडौं। राष्ट्रिय किताबखानाको ३ उपमहानिर्देशक पद कटौतीमा परेको छ। राष्ट्रिय किताबखाना अन्तर्गत सहसचिवले नेतृत्व गर्ने गरी प्रहरी र शिक्षक हेर्न उपमहानिर्देशक राखिएको थियो। निजामतीतिरै पनि सहसचिव उपमहानिर्देशक रहने व्यवस्था थियो। नेपाल सरकार मन्त्रिपरिषदको २०८३ असार ३२ गतेको निर्णय अनुसार राष्ट्रिय किताबखानाको जिम्मेवारी क्षेत्र बिस्तार गर्दै ३ उपमहानिर्देशक पद कटौती गरेको हो।
महानिर्देशकसहित ४ सहसचिव रहेकोमा अब एक मात्र सहसचिव (महानिर्देशक) कायम भएको राष्ट्रिय किताबखानाले जनाएको छ।साविकका प्रहरी किताबखाना र शिक्षक किताबखाना दुवै राष्ट्रिय कितावखाना कै शाखाको रुपमा रुपान्तरित भएका छन्। राष्ट्रिय किताबखाना कै महानिर्देशकले नेतृत्व गर्ने गरी पुनर्संरचना गरिएको छ। महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षणमा शिक्षक शाखा अन्तर्गत ४ निर्देशक (शिक्षा सेवाका उपसचिव), प्रहरी शाखा अन्तर्गत २ निर्देशक( उपसचिव प्रशासन) रहनेछन्। निजामती शाखा तर्फका ३ निर्देशक यथावत् नै रहेको राष्ट्रिय किताबखानाले जनाएको छ।
नयाँ ओएन्डएम अनुसार महानिर्देशकको सुपरीवेक्षणमा निजामती , शिक्षक तथा प्रहरी शाखा हेर्ने गरि कुल ९ जना निर्देशक रहनेछन्। सहसचिवदेखि श्रेणिविहीनसम्म गरी कुल १०६ दरबन्दी कायम भएको छ। साविकमा पृथक-पृथक तीनवटै निकायमा कुल १३७ दरवन्दी रहेको थियो। ३ उपमहानिर्देशक पद उडे पनि दुई सहसचिव रहेकाले एक मात्र राष्ट्रिय किताबखानाबाट अलग हुने भएकाले व्यवस्थापनमा सहज हुने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस