सुनसरी गोलीकाण्ड छानबिन गर्न सहसचिव थापाको नेतृत्वमा समिति
इनरुवा। सुनसरी गोलीकाण्डको विषयमा छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति बनाएको छ। थापाको संयोजकत्वमा गठित यो समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउन १ साताको समयसीमा दिइएको हो। सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो। दर्जनौं घाइते भएका छन्। उक्त घटनाको विषयमा छानबिन गर्न समिति बनाइएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस