संसदीय सुनुवाई समितिले गऱ्यो प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई सर्वसम्मत अनुमोदन


काठमाडौं। संसदीय सुनवाइ समितिले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको छ। आज बसेको संसदीय सुनुवाइ समितिको बैठक प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै नियुक्तिका लागि बाटो खुलेको छ।
संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्तिका सिफारिस गरेको थियो। उक्त सिफारिस अनुमोदनका लागि संसदीय सुनुवाई समितिमा पुगेको थियो। समितिबाट पनि अनुमोदन भएपछि नियुक्तिका लागि बाटो खुला भएको छ। अब राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई नियुक्ति गर्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ