सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
इनरुवा। सुनसरीको हरिनगरामा बुधबार दिउँसो प्रहरीको गाडीमा आक्रमण भएको छ । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले नेपाल प्रहरीको गाडीमा ढुंगामुढा गरेको हो । आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख, इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सुरक्षामा खटिएको प्रहरी टोली चढेको गाडीमा आक्रमण भएको जानकारी दिए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस