स्वास्थ्यकाे नयाँ ओएनएममा जनसंख्या व्यवस्थापन महाशाखा र पुलका सहसचिवको दरबन्दी पनि हटाइयो
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत भएसँगै मन्त्रालयको संगठन संरचनामा व्यापक फेरबदल गरिएको छ। नयाँ संरचनाअनुसार मन्त्रालयमा ८० बाट बढाएर ९३ वटा दरबन्दी रहने व्यवस्था गरिएको छ भने ८३१ पुलबाट बढाएर १,८०६ कर्मचारीलाई पुलमा राखिएको छ।
स्वीकृत ओएनएमअनुसार जनसंख्या व्यवस्थापन महाशाखा हटाइएको छ। गुणस्तर मापन तथा नियमन महाशाखालाई विस्तार गरी स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा बनाइएको छ भने स्वास्थ्य समन्वय महाशाखालाई पुनर्संरचना गरी जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा कायम गरिएको छ।
नीति, योजना तथा अनुगमन महाशाखा र प्रशासन महाशाखा भने यथावत् राखिएका छन्। त्यसैगरी, मन्त्रालयमा पुलमा रहेको सहसचिवको दरबन्दी पनि खारेज गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस