लगानी बोर्डको सिईओमा याङकी उक्याव
काठमाडौं। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का याङकी उक्यावलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्यावलाई लगानी बोर्डको सिईओ बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
युएनडीपीको (युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम) मा कार्यरत रहेकी उक्याव लगानी बोर्डको सिईओ बन्न सफल भएकी छिन्। काठमाडौं शान्तिनगर निवासी उनी लगानी बोर्डको पहिलो महिला सिईओ हुन्।
यसअघि सुशील ज्ञवाली, सुशील भट्ट, महाप्रसाद अधिकारी, राधेश्याम पन्त लगानी बोर्डको सिईओ रहेका थिए। महिलाबाट पहिलोपटक लगानी बोर्डको सिईओ उक्याव भएकी हुन्।
क्याटेगोरी : समाचारट्याग : #याङकी उक्याव


तपाईको प्रतिक्रिया दिनुहोस