काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं घर गए
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं घर गएका छन्। ५८ वर्ष पूरा भएर सहसचिव गुरागाईं अनिवार्य अवकाशमा गएका हुन्।
२०७६ फागुनमा सहसचिवमा बढुवा भएका गुरागाईं साढे ६ वर्षपछि अनिवार्य अवकाशमा गएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ‘समृद्धि आयोजना’ प्रमुखको भूमिकाबाट करिब दुई वर्ष अगाडि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका गुरागाईं त्यतैबाट अवकाशमा गएका हुन्।
२०८१ असोजको पहिलो साता महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका गुरागाईं काठमाडौं महानगरबाटै घर जान सफल भएका छन्। २०५१ साल पुस १९ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका गुरागाईं २०७६ फागुन १३ गते नेपाल सरकारका सहसचिव भएका थिए। जागिरको अधिकांश समय स्थानीय विकास मन्त्रालयमै बिताएका गुरागाईं स्थानीय तहबाटै घर गएका हुन्।
सरकारले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरेर गुरागाईंलाई काठमाडौं महानगरपालिकामा पठाएको थियो। काठमाडौं ‘भ्यू-टावर’ ठेक्काको म्याद थप प्रकरणमा तत्कालीन मेयर बालेन्द्र शाहले गुरागाईंमाथि एक्सन लिन खोजेका थिए। तर, उनी संघीय सरकारको आडमा महानगरमा हाजिर भए। बालेनले प्रधानमन्त्रीको रूपमा सिंहदरबारको बागडोर सम्हाल्दा गुरागाईं भने उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। उनी बुधबारबाट नफर्किने गरी घर गएका हुन्। सहसचिवका लागि आकर्षक मानिएको काठमाडौं महानगरपालिकामा अर्को सहसचिव पठाउने बालेन सरकारलाई बाटो खुला भएको छ।
क्याटेगोरी : समाचारट्याग : #सरोजप्रसाद गुरागाईं


तपाईको प्रतिक्रिया दिनुहोस