स्वास्थ्य मन्त्रालयमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विज्ञान मन्त्रालय मातहत
काठमाडौं। केही समय अगाडि कृषिबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय मातहतमा जाने भएको छ। सरकारले कार्य विभाजन नियमावली २०८३ संशोधन गरेर उक्त विभागलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा मातहतमा ल्याउन खोजेको हो र
वैज्ञानिक अनुसन्धान, मापन, प्रमाणिकरण गर्ने विभिन्न मन्त्रालयहरूमा छरिएर रहेका निम्न शाखा तथा विभागहरू नेपाल सरकारको कार्य विभाजन नियमावली २०८३ संशोधन गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ल्याउन लागिएको मन्त्री महावीर पुनले जानकारी दिए। उक्त विभाग विज्ञान प्रविधि मन्त्रालय मातहतमा गएपछि दैनिक जीवनमा प्रयोग हुने खाद्य वस्तुहरुको परीक्षण गरेर गुण नियन्त्रण गर्ने तथा मापदण्ड निर्धारण गर्ने बताइन्छ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग र कृषि मन्त्रालय अन्तर्गतको मौसम विज्ञान विभाग पनि नवप्रवर्तन मन्त्रालय मातहतका ल्याइने भएको छ। नापतौल विभाग उक्त मन्त्रालय मातहतका पुगेपछि समाजलाई चाहिने विभिन्न बस्तुहरुको नाप तौल गर्ने विभिन्न उपकरणहरुको जाँच वा क्यालिब्रेसन गर्ने र प्रमाणिकरण गर्ने र मौसम विज्ञान विभागले जलवायु तथा मौसमको अध्ययन, अनुसन्धान र मापन गरेर पूर्व सूचना दिने कार्यक्षेत्र निर्धारण हुनेछ।
उद्योग मन्त्रालयमा रहेको नेपाल प्रत्यायन केन्द्र, पेटेन्ट अफिस, राष्ट्रिय भूकम्प मापण केन्द्र पनि नवप्रवर्तन मन्त्रालय मातहतका जाने भएको छ। उर्जा जलश्रोत मन्त्रालयमा रहेको जल उत्पन्न प्रकोप अध्ययन अनुसन्धान र नियन्त्रणको उपाय निकाल्ने केन्द्रको काम नवप्रवर्तन मन्त्रालयले गर्ने भएको हो।
नवप्रवर्तन मन्त्रालयमा एकैपटक ३ विभाग र ४ केन्द्र (कार्यालय) पुगेपछि संगठन संरचनाका हिसाबले उक्त मन्त्रालय पनि शक्तिशाली हुने देखिन्छ। हाल उक्त मन्त्रालयमा एक सचिव ३ सहसचिवसहित ९० दरबन्दी कायम भएको छ। मातहतमा विभाग र कार्यालय थपिएसँगै उक्त मन्त्रालय पनि शक्तिशाली बन्ने भएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस