घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासु मस्राङ्गी भ्रष्टाचारी ठहर
काठमाडौं। घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नायब सुब्बा (नासु) हेमबहादुर मस्राङ्गी भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतले नासु मस्राङ्गीलाई भ्रष्टाचारी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले घुस/रिसवत मुद्दामा नासु मस्राङ्गी दोषी ठहर गरेको हो।
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगारीसम्बन्धी मुद्दा मिलाइदिने बहानामा घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएका थियो।
अख्तियारको टोलीले कार्यालय परिसरभित्रको शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ रकमसहित नासु मस्राङ्गीलाई नियन्त्रणमा लिएको थियो। नगद र मोबाइल फोन समेत जफत गरेर अनुसन्धान गरेको अख्तियारले विशेष अदालतमा नासु मस्राङ्गीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त मुद्दामा विशेष अदालतले नासु मस्राङ्गीलाई दोषी ठहर गरेको छ। भ्रष्टाचारी ठहर भएपछि नासु मस्राङ्गीको जागिर चैट भएको हो।
ट्याग : #नासु हेमबहादुर मस्राङ्गी


तपाईको प्रतिक्रिया दिनुहोस