ग्यासको कालोबजारीविरुद्व प्रहरीको एक्सन
काठमाडौं। खाना पकाउने ग्यासमा कालोबजारी प्रहरीले एक्सन लिन थालेको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा छापा हानेर वितरण गर्न सुरू गरिएको हो। गृहमन्त्री सुदन गुरुङको सक्रियता सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।
खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको जनाइएको छ। प्रहरीले छापा हानेर ग्यास वितरणको काम सुरु गरेको हो। ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिनेविरुद्ध सरकारले कडा एक्सन लिन थालेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस