गृहको ओएन्डएम नटुंगिदा जगेडामा ५ सहसचिव
काठमाडौं। गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नटुंगिदा ५ सहसचिव जगेडामा थन्किएका छन्। गृह मन्त्रालयले ओएन्डएम समयमै मिलाउन नसक्दा समस्या देखिएको हो। उनीहरूको व्यवस्थापन गर्न अझै केही समय लाग्ने देखिन्छ।
हाल गृह मन्त्रालयको जगेडामा सुनसरीको सिडिओबाट तानिएका बासुदेव घिमिरे, राष्ट्रिय किताबखानाबाट आएका श्रवणकुमार पोखरेल, उपराष्ट्रपति कार्यालयबाट आएका पौडेल चिरञ्जीवी पौडेल रहेका छन्। त्यस्तै सहसचिवहरू पुष्पराज शाही र भूपेन्द्र थापा लामो समयदेखि गृहको जगेडामा रहेका छन्। अझै केही जिल्लाका सहसचिव सिडिओ पनि जगेडामा फर्किने अवस्था छ। यसले गर्दा उनीहरूको व्यवस्थापन गर्न समय लाग्ने भएको हो।
गृह जस्तो संवेदनशील मन्त्रालयमा केही विवादित पृष्ठभूमिका सहसचिव पनि भित्रिएएकाले जिम्मेवारी नदिएको चर्चा चल्दै आएको छ। विगतमा आर्थिक विवादमा परेका सहसचिवलाई गृहमा पठाउदा समस्या आएको बताइन्छ। त्यस्ता सहसचिवलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुभन्दा नदिनु नै देशको हितमा हुन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस