बैतडीको सिडिओ भएको ४ महिना नपुग्दै संखुवासभा पुगे डा. भट्टराई


काठमाडौं। बैतडीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएको ४ महिला नपुग्दै डा. डिजन भट्टराई संखुवासभा पुगेका छन्। गृह मन्त्रालयले भट्टराईलाई संखुवासभाको सिडिओ सरूवा गरेको छ। बैशाख १ गते बैतडीको सिडिओमा हाजिर भएका भट्टराई भदौ लाग्ने बेलामा संखुवासभा पठाइएका हुन्।

सहसचिव बनेर बैतडीको सिडिओ भएका भट्टराई उक्त जिल्लामा सहसचिवको दरबन्दी खारेज भएपछि संखुवासभा पुगेका छन्। संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याल सुनसरी पुगेपछि रिक्त स्थानमा भट्टराईलाई पठाइएको हो।

बैताडीको सिडिओमा भने गृह मन्त्रालयको प्रशासन हेर्ने मिना अर्याललाई पठाइएको छ। उनको डडेलधुराको सिडिओ सरुवा भएपनि विवाद भएपछि छिमेकी जिल्ला बैतडीमा पठाइएको हो।

गृह मन्त्रालयको जगेडामा आधा दर्जन सहसचिव रहेका छन्। सुनसरीको सिडिओबाट तानिएका बासुदेव घिमिरे, राष्ट्रिय किताबखानाबाट आएका श्रवणकुमार पोखरेल, उपराष्ट्रपति कार्यालयबाट आएका पौडेल चिरञ्जीवी पौडेल रहेका छन्। त्यस्तै सहसचिवहरू पुष्पराज शाही र भूपेन्द्र थापा लामो समयदेखि गृहको जगेडामा रहेका हुन्। थप सहसचिवहरू गृह मन्त्रालयको जगेडामा थपिँदैछन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. डिजन भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ