अर्थका ४ सहसचिवको जिम्मेवारी हेरफेर, अन्तर्राष्ट्रियमा लम्साल


काठमाडौं। अर्थ मन्त्रालयले ४ सहसचिवको हेरफेर गरेको छ। धनीराम शर्मा, अमृत लम्साल, देवराज जोशी र कविता रेग्मी पौड्यालको जिम्मेवारी हेरफेर भएको हो।

अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा भट्टराई एडिबीको वैकल्पिक कार्यकारी निर्देशक बनेर गएपछि उक्त महाशाखा प्रमुखमा अमृत लम्साललाई तोकिएको छ। लम्साल यसअघि योजना, अनुगमन तथा मूल्याङ्न महाशाखा प्रमुख थिए। लम्साललाई वैदेशिकमा पठाएर प्रवक्ताको भूमिका समेत पाउने उक्त महाशाखा प्रमुख कविता रेग्मी पौड्‌याललाई तोकिएको हो। कविता यसअघि मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिइन्। लेखा अधिकृतबाट सीधै सहसचिव बनेकी कविता अर्थमा जमेकी छिन्। मध्यमस्तरीय करदाता कार्यालय प्रमुख भने रिक्त भएको छ।

सुदूरपश्चिम प्रदेशबाट सरूवा भएर अर्थ भित्रिएका देवराज जोशीलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनाइएको छ। आर्थिक नीति विश्लेषण महाशाखा र वित्तीय संघीयता समन्वय महाशाखा एउटै बनाउनु पर्नेमा अर्थले महाशाखा धेरै राखेको हो। आर्थिक नीति विश्लेषण महाशाखामा जोशीलाई तोकेको अर्थले वित्तीय संघीयता महाशाखा प्रमुख भने खाली राखेको पाइन्छ। महाशाखा समायोजन गरे मात्र औचित्य पुष्टि हुने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ