सर्पदंश तथा रेबिजविरुद्धको भ्याक्सिन आइपुग्यो टेकु केन्द्रीय स्टोरमा
काठमाडौं। सर्पदंश तथा रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुगेको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एसभीएस र रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल eRIG टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको हो।
प्राप्त सामग्री आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने विभागले जनाएको छ। यसबाट सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीलाई आवश्यक उपचार सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ। सर्पदंश तथा रेबिजविरुद्धका भ्याक्सिन अभाव भएको बेला विभागले खरिद गरेको भ्याक्सिन केन्द्रीय स्टोरमा आइपुगेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस