नेपाल वायु सेवा निगमका उपाध्यक्ष बाँस्तोलाले दिए राजीनामा
काठमाडौं। नेपाल वायु सेवा निगमका उपाध्यक्ष दिपकप्रकाश बाँस्तोला पदबाट राजीनामा दिएका छन्। खुला प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य हुँदै उपाध्यक्ष बनेका बाँस्तोलाले छोटो समयमै राजीनामा दिएका हुन्।
नेपाली सेनाका पूर्वउपरथी बाँस्तोलाले छोटो समयमै निगम छाडेका छन्। पछिल्लो समय निगमको आम्दानी बढिरहेको छ। ८१ वर्षीय महेश्वर श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाएको भनेर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। यस्तो अवस्थामा उपाध्यक्ष बाँस्तोलाले पनि राजीनामा दिएका हुन्।
नेपाली सेवाको हवाइ सेवा विभागमा सिनियर एरोनटिकल इन्जिनियरका रूपमा झन्डै ४ दशक काम गरेका बाँस्तोला नेपाल वायु सेवा निगमबाट छोटो समयमै बिदा भएका छन्। सेनालाई सरकारले नियुक्तिमा प्राथमिकता दियो भनेर आलोचना भइरहँदा बाँस्तोलाले भने छोटो समयमै निगमबाट राजीनामा दिएर हिँडेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस