एमालेको बारमा रास्वपाको सशक्त उपस्थिति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएल)को बारमा रास्वपा निकट कानुन व्यवसायीहरूले सशक्त उपस्थिति देखाएको छ। एमालेको एकछत्र बारमा माओवादी र समाजवादी मिलेर बनेको पार्टी निकटका वकिलहरू समेत मिसिदा रास्वपा निकट वकिलबाट अध्यक्षमा उठेका भेषराज पोखरेलले १९९ मत ल्याएका छन्। कांग्रेस निकट डिएलएका उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका हुन्। पिपिएलएका सेवन्तराज निरौला ११५२ मत ल्याएर विजयी भएका हुन्।
काठमाडौं जिल्ला अदालत बार एशोसिएसन कांग्रेस निकट वकिल ‘डिएलए’, पाटन उच्च अदालत बारमा एमाले निकट ‘पिपिएल’ र ललितपुर जिल्ला अदालत बार एशोसिएसनमा माओवादी निकट ‘आरपीएल’को एकछत्र उपस्थिति रहेको छ। यी बारमा ती संगठनबाहेक अरूले जिते वा राम्रो मत ल्याए भने मात्र समाचार बन्ने विषय हो। तत् बारमा ती संगठनले चुनाव जित्नु समाचारको विषय नै होइन। तर, पिपिएल र आरपीएलए मिल्दा पनि रास्वपा निकट वकिलले १९९ मत ल्याएर घण्टी बजाइदिएका छन्। पाटन बारमा पिपिएलका लागि यो खतराको ‘घण्टी’ हो। उपाध्यक्षमा झन् रास्वपाका उम्मेदवार टिकाराम पोखरेलले २३४ मत ल्याएका छन्। उनले पिपिएलए-आरपीएलए गठबन्धन कै भोट काटेको देखिन्छ।
कोषाध्यक्षमा रास्वपा निकट अंशु हिन्सुतुले २२५ मत ल्याएको पाइन्छ। सदस्यमा त झन् रास्वपा निकट सुमित्रा पाण्डेले ३०८ मत प्राप्त गरेकी छिन्। कांग्रेस निकट डिएलएभन्दा पनि एमाले निकट पिपिएलको भोटमा राम्रै घण्टी बजेको देखिन्छ।





तपाईको प्रतिक्रिया दिनुहोस