सञ्चार मन्त्रालयमा सहसचिव हेरफेर: मुद्रण विभागमा पराजुली, प्रशासन महाशाखामा शर्मा


काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। सूचना तथा प्रसारण विभागमा प्राविधिक सहसचिवको दरबन्दी सिर्जना गरिएसँगै सहसचिवको दरबन्दी हेरफेर गरिएको हो।

सूचना तथा प्रसारण विभागका महानिर्देशक रविलाल शर्मालाई मुद्रण विभागको महानिर्देशक बनइएको छ। सूचना तथा प्रसारण विभागको महानिर्देशकमा प्राविधिक सहसचिवको दरबन्दी राखिएपछि पराजुली फाजिलामा परेका थिए। उनलाई मुद्रण विभागको महानिर्देशकमा व्यवस्थापन गरिएको हो।

मुद्रण विभागको महानिर्देशक रविलाल शर्मालाई भने मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुख बनाइएको छ। उक्त महाशाखा प्रमुख सुवासचन्द्र शिवाकोटीको दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएपछि उक्त महाशाखा रिक्त रहेको थियो। उक्त महाशाखामा मुद्रण विभागका डिजी रहेका शर्मालाई व्यवस्थापन गरिएको हो।

सूचना तथा प्रसारण विभागको निमित्त महानिर्देशकको अनुप नेपाललाई दिइएको छ। मन्त्रालयमा कार्यरत उपसचिव नेपाल निमित्त महानिर्देशक बनेर प्रसारण विभागको नेतृत्व गर्न पुगेका हुन्। सञ्चार मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा र सूचना तथा प्रसारण विभागको महानिर्देशकमा प्राविधिक सहसचिवको दरबन्दी राखिएको छ। मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुखमा सहसचिव गौरव गिरी रहेका छन्। एक मात्र प्राविधिक सहसचिव भएकाले फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा अन्तर्गत कार्यरत उपसचिव अनुप नेपाललाई सूचना तथा प्रसारण विभागको निमित्त महानिर्देशक बनाएर पठाइएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #अनुप नेपाल, #छविन्द्र पराजुली, #रविलाल शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ