सहायक सिडिओको भरमा सुर्खेत प्रशासन


काठमाडौं। जिल्ला प्रशासन कार्यालय सुर्खेत सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ)को भरमा चलिरहेको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीको सुदूरपश्चिम प्रदेशमा सरूवा भएपछि सुर्खेत प्रशासन सहायक सिडिओको भरमा चलिरहेको हो।

उदयपुर सरुवा भएर गएका जोशीलाई छोटो समयमै सुर्खेतबाट सुदूरपश्चिम प्रदेश पठाइएको छ। सुर्खेत प्रशासन सहायक सिडिओ डिलबहादुर कार्कीको भरमा चलिरहेको हो। चार साताभन्दा बढी समयदेखि सहायक सिडिओ डिलबहादुरले जिल्ला प्रशासन कार्यालयमा ‘डिल’ गरिरहेका छन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको जिल्ला लामो समयसम्म सहायक सिडिओको भरमा छाड्न उचित हैन। गृह मन्त्रालयले तत्काल सुर्खेतमा सहसचिव सिडिओ खटाउन जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ