५५ पारीका सहसचिवहरू सचिव बढुवाका लागि सिफारिस हुँदै
काठमाडौं। ५५ वर्ष पूरा भएका सहसचिवहरू सचिव बढुवाका लागि सिफारिस हुँदैछन्। लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा शुक्रबार बस्न लागेको बढुवा समितिको बैठक ३ सहसचिवको नाम सिफारिस गर्न लागेको हो। अघिल्लो सिफारिस अनुसार इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस हुने सम्भावना छ।
सचिव बढुवाको सिफारिसमा परिरहेकी इन्दु घिमिरे र श्रीकृष्ण नेपाल ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर दुबै पुरा भएका सहसचिव हुन्। घिमिरेको ५६ वर्ष उमेर र ३२ वर्ष सेवा अवधि पूरा भइसकेको छ। सहसचिव घिमिरे हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।
त्यस्तै सचिव बढुवाको सिफारिसमा परेका र फेरि पर्नेवाला सहसचिव श्रीकृष्ण नेपाल एक हप्ता पछाडि ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। नेपालले ३९ वर्ष सेवा अवधि पुग्न लागेको छ। सहसचिव नेपाल हाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको भूमिकामा छन्।
सचिव बढुवाको सिफारिसमा पर्न लागेका नारायणप्रसाद भट्ट भने ५५ वारीका सहसचिव हुन्। राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव भट्ट ३ महिनापछि ५५ वर्ष पूरा हुँदैछन्। उनीहरू नै सचिव बढुवाका लागि सिफारिस हुने देखिन्छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस