रास्वपाको कोषाध्यक्षमा डा. मनोहर प्रधान, प्रवक्तामा जगदिश खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोषाध्यक्षमा डा मनोहर प्रधान मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनीत गरेको छ।
त्यस्तै प्रवक्तामा जगदिश खरेल मनोनित भएका हुन्। त्यस्तै सहमहामन्त्री पुरुषोत्तम यादव, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादव मनोनीत भएका छन्।
रास्वपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनीत हुने प्रावधान छ।
कोषाध्यक्ष मनोनीत भएका प्रधान चिकित्सक हुन्। चितवनका उनी रास्वपाको समानुपातिक सूचीमा पनि थिए। डा. प्रधान स्वास्थ्यमन्त्री निशा मेहताका प्रमुख विज्ञ सल्लाहकार समेत हुन्। प्रवक्तामा मनोनित खरेल सञ्चारमन्त्री भइरसकेका व्यक्ति हुन्।
रास्वपाको सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव मनोनित भएका छन्। केन्द्रीय सदस्यमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरूङ, प्रतिभा रावल, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान र भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चाैधरी मनोनित भएका छन्। केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै पदाधिकारीसम्म मनोनित भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस