सचिव बढुवाका लागि घिमिरे, नेपाल र भट्टको नाम सिफारिस


काठमाडौं। नेपाल प्रशासन सेवाको सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ। सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सचिव बढुवाका लागि सिफारिस भएको हो।

लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा शुक्रबार बसेको बढुवा समितिको बैठकले सहसचिवत्रय घिमिरे, नेपाल र भट्टको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो। आगामी मन्त्रिपरिषद्को बैठकले ३ जना सहसचिवमध्ये एकलाई सचिवमा बढुवा गरेर प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्नेछ।

सचिव बढुवाको एक नम्बरमा सिफारिस भएकी सहसचिव घिमिरे हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। नेपाल हाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको भूमिकामा छन्। सचिव बढुवाको सिफारिसमा भएका सहसचिव भट्ट राष्ट्रिय सतर्कता केन्द्रका कार्यरत छन्। सचिव बढुवाको दोस्रो नम्बरमा सिफारिस भएका नेपालको १० दिन जागिर बाँकी छ। वरिष्ठ र महिला सहसचिव तथा बढुवाका लागि १ नम्बरमा सिफारिस भएकाले इन्दु कै बढुवा भएर रिक्त रहेको कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुने सम्भावना छ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्दु घिमिरे, #नारायणप्रसाद भट्ट, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ