रक्षा मन्त्रालयका सहसचिव आचार्यको अनिवार्य अवकाश


काठमाडौं। रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्ष उमेर हदका कारण सहसचिव आचार्य अनिवार्य अवकाशमा गएका हुन्।

काठमाडौंको कुरिया गाउँमा २०२५ साल भदौ ७ गते जन्मिएका आचार्य लामो समयदेखि रक्षा मन्त्रालयमा कार्यरत थिए। वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जस्ता निकायमा बसेर इमानदारपूर्वक काम गर्ने कर्मचारीमा उनी परिचित छन्। अवकाशको एक हप्ता अगाडि नै बिदामा बसेर आचार्यले नैतिकता देखाएका छन्। अवकाश हुन हप्ता दिन बाँकी रहँदा सचिव बढुवाका लागि दौडधुप गर्नेका लागि उनी उदाहरणीय पात्र हुन्।

अवकाश प्राप्त सहसचिव आचार्यलाई शुक्रबार नै रक्षा सचिव केदारनाथ शर्माले बिदाइ गरेका छन्। आचार्य अवकाशमा गएसँगै रक्षा मन्त्रालयमा दुई सहसचिव रिक्त भएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #मनोज कुमार आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ