कंक्रिट संरचनाले विरूप बनेको सुनसरीको बराहक्षेत्र


काठमाडौं। धर्तीको पहिलो तीर्थस्थल भनेर सुनसरीको बराहक्षेत्र परिचित छ। सप्तकोशी नदीको काखमा रहेको उक्त तीर्थस्थल क्रंक्रिट सरंचनाले विरूप बनेको छ। धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको बराहक्षेत्र कंक्रिट संरचनाका कारण विरूप बनेको हो।

धार्मिक ग्रन्थहरूमा कौशिकी (कोशी) नदीको नाम महर्षि विश्वामित्रकी बहिनी तथा कौशिकी ऋषिका रूपमा पनि जोडिएको पाइन्छ। धर्तीको पहिलो तीर्थस्थलको हाल कंक्रिटको जंगल बनेको छ। बराहक्षेत्र मन्दिर प्रवेशद्वारदेखि अन्य संरचनाहरूमा अनावश्यक रूपमा सिमेन्ट प्रयोग गरेको देखिन्छ। पुरातत्त्व विभागको स्वीकृति बेगर नै त्यस्ता संरचना ठडिएको पाइन्छ। यसले गर्दा भविष्यमा मन्दिरको महत्त्व खस्किने जोखिम छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ