आभा मधेश, संगीता सुदूरपश्चिम
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट महिना दिनमा दुई महिला सहसचिव बाहिरिएका छन्। साउनमा सहसचिव आभा श्रेष्ठ कर्ण र भदौमा संगीता ओझा सुदूरपश्चिम प्रदेश पुगेका हुन्।
४ वर्षदेखि महिला मन्त्रालयमा रजगज गरेकी आभा मधेश प्रदेश गएकी छिन्। उनको ठाउँमा मधेश प्रदेशको लोक सेवा आयोगबाट यमेन्द्र उपाध्याय आएका छन्। एक वर्ष बढी प्रदेश बसेर उनी संघमा आएका हुन्।
महिला मन्त्रालयमै कार्यरत संगीता ओझा सुदूरपश्चिम प्रदेश सरूवा भएकी छिन्। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत विपिन आचार्य संगीताको ठाउँमा आएका छन्। प्रदेश नजाने सहसचिवलाई सरकारले खोजीखोजी पठाउन थालेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस