फाजिलमा परेका सहसचिवहरूको व्यवस्थापन सुरू


काठमाडौं। सरकारले फाजिलमा परेका सहसचिवहरूको व्यवस्थापन सुरू गरेका छ। विभिन्न निकायमा फाजिलमा परेका सहसचिवहरुको व्यवस्थापन सुरू भएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा फाजिलमा परेका सहसचिव गोविन्दप्रसाद अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान पठाइएमा पठाएको छ। वीरमा सहसचिवको दरबन्दीमा कटौती भएसँगै अधिकारी फाजिलमा परेका थिए। उनलाई अख्तियारतिर पठाएर व्यवस्थापन गरिएको हो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजन गौतम पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। करिब ८ महिना अगाडि भोजपुरको सिडिओ भएर गएका गौतम पोखरा महानगरपालिकामा सरूवा भएका हुन्। भोजपुरमा सहसचिव सिडिओको दरबन्दी खारेज भएपछि गौतम फाजिलमा परेका थिए। उनलाई पोखराको प्रमुख प्रशासकीय अधिकृतमा पठाएर सरकारले फाजिल व्यवस्थापन गरेको हो।

लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र खारेज भएपछि फाजिलमा परेका कार्यकारी अधिकृत वेदप्रसाद खरेल सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका छन्। उनको तत्कालका लागि जगेडामा तानेर व्यवस्थापन गरिएको हो।

प्रधानमन्त्री कार्यालयबाट नेपाल प्रशासन सेवाका सहसचिव केशवराज सुवेदी र नवराज ढकाल बाहिरिएका छन्। सुवेदीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरूवा भएको छ। त्यस्तै ढकाल युवा, श्रम तथा रोजगार मन्त्रालयमा पुगेका हुन्। राष्ट्रिय तथ्याङ्क कार्यकालमा प्रशासनको सहसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथ्याङ्कको सहसचिव राखेपछि सुवेदी र रेग्मीको साटफेर भएको हो। प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा बढी सहसचिव भएपछि उनीहरूको व्यवस्थापन भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ